अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रमुख अतिथि

इनेप्लिज २०७२ भदौ १७ गते ११:०७ मा प्रकाशित

10548103_706455192783201_4903981240687861454_oअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही सेप्टेम्बर १९-२१, २०१५ मा जापानमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि हुनुहुने भएको छ  ।

सम्मेलन भव्यरुपमा सम्पन्न गर्न यस अघि उच्चस्तरीय समिति, प्रमुख सल्लाहकार समिति, सल्लाहकार समिति गठन भैसकेका छन् । यसका अतिरिक्त सम्मेलन व्यवस्थितरुपमा सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरिएको छ, उक्त उपसमितिहरुमा प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, मन्च ब्यबस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति, कबि गोष्ठी उपसमिति, घोषणा-पत्र तयारी उपसमिति गठन गरिएको छ । उक्त उपसमितिहरुका संयोजकहरुमा प्रचार प्रसार उपसमितिमा बिष्णुप्रसाद घिमिरे, आर्थिक उपसमितिमा श्रवण सत्याल, सांस्कृतिक कार्यक्रम उपसमितिमा रामकृष्ण बम मल्ल, मन्च ब्यबस्थापन उपसमितिमा धिशण निरौला, अतिथि सत्कार उपसमितिमा पुस्कर जङ्ग थापा, कबि गोष्ठी उपसमितिमा दीपेन्द्र पाठक र घोषणा पत्र तयारी उपसमितिको संयोजकमा दिनेशराज ज्ञवाली रहनु भएको छ । यस सम्मेलनमा नेपाल, भारत, बर्मा, हंगकंग, कोरिया, जापान, अस्ट्रेलिया, बेलायत, नेदरल्याण्ड, अमेरिका, इजरायल, पोर्तुगल आदि राष्ट्रहरुबाट सहभागिता रहने छ ।

-गोबर्धन पूजा

महासचिब,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

केन्द्रीय कार्यसमिति

प्रतिक्रिया