मंगलबार, असोज ५ २०७८
काठमाडौं २०:०५
वासिङटन डिसी 10:20

भिरबाट लडेर महिलाको मृत्यु

इनेप्लिज २०७२ भदौ १७ गते २:५० मा प्रकाशित

भीमदत्तनगर, १७ भदौ । अछामको कालेडाँडा गाविस–२ मा भिरबाट लडेर एक महिलाको बुधबार मृत्यु भएको छ ।

स्थानीय दोगाडे जङ्गलमा घाँस काट्न गएकी २६ वर्षीया जलु भुलको भिरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले जनाएको छ । मृतकका ससुराले घटनाबारे जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया