एक रुपैयाँमै मिर्गौलाको जाँच सेवा दिँदै गौतमबुद्ध सामुदायिक अस्पताल

इनेप्लिज २०७२ भदौ १७ गते १:५१ मा प्रकाशित

kidney-300x216तिलोत्तमा (रुपन्देही), १७ भदौ । रुपन्देहीमा रहेको गौतमबुद्ध सामुदायिक मुटु तथा मिर्गौला अस्पतालले एक रुपैयाँमै मिर्गौला जाँच सेवा दिन थालेको छ ।

समुदायमा आधारित सो अस्पतालले बिरामीको सहज सुविधालाई ध्यानमा राखी एक रुपैयाँमै मिर्गौला रोगको सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पतालले सो सेवा सुरु गरेपछि यस क्षेत्रका बिरामीलाई राहत भएको अस्पतालका मेसु डा समिर गौतमले बताउनुभयो ।
मिर्गौला तथा मुटुरोगी उपचारका लागि भारतको गोरखपुर तथा काठमाडौँ जानबाट यस अस्पतालले केही राहत भएपनि दिएको उहाँको भनाइ छ । उक्त सेवा लिन दैनिक ३० देखि ४० जनासम्म आउने मिर्गौला रोग प्रमुख चिकित्सक शक्ति बस्नेतले बताउनुभयो ।

भदौ ४ गतेदेखि सुरु भएको सो सेवा दुई सय ११ जना भन्दा बढीले आफ्नो मिर्गौला जाँच गराएको अस्पतालको तथ्याङ्क रहेको छ । चिकित्सक बस्नेतका अनुसार दुई सय ११ मा १० प्रतिशतको मिर्गौलामा समस्या देखिएका मध्ये पनि धेरैको मिर्गौला अन्तिम अवस्थामा पुगेकाले उनीहरुलाई डायलसिस गर्नुपर्ने अवस्था भएको छ ।

रु एक करोड ५० लाखको लगानीमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा आएको अस्पतालका अध्यक्ष एजाज आलमले बताउनुभयो । गौतमबुद्ध सामुदायिक अस्पतालले अब छिट्टै क्याथ ल्याब सञ्चालन गर्नेसमेत जनाएको छ ।

प्रतिक्रिया