दिदीबिहीनी मृत फेला

इनेप्लिज २०७२ भदौ १६ गते १४:५१ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, १६ भदौ । म्याग्दीको उत्तरी शिख–९ गिवाङमा आज एकै घरका दुई दिदीबहिनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

गिवाङकी ४३ वर्षीया भीममाया तिलिजा र उनकी बहिनी ४० वर्षीया देशमाया तिलिजा आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हीरा गिरीले जानकारी दिनुभयो ।

सुस्त मनस्थिति भएका उनीहरूको शव घरको छुट्टाछुट्टै कोठामा सुतेकै अवस्थामा भेटिएको उहाँले बताउनुभयो । घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले मृतक दुई दिदीबहिनीको शरीरमा कुनै चोटपटक नदेखिए पनि टाउको कुहिन लागेको देखिएको जानकारी दिनुभयो ।

घरमा मृतकका करिब ९२ वर्षीया बाबु चन्द्रवीर तिलिजासमेत अर्धचेत अवस्थामा रहेकाले घटनाको वास्तविकता पहिल्याउन कठिनाइ भएको उहाँले बताउनुभयो । यस घटनाको प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया