एनआरएनएको कोषाध्यक्ष पदमा हिक्मत थापाको उम्मेदवारी घोषणा
गैर आबासिय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनमा सन् २०१५ -२०१७ को अन्तराष्ट्रिय कार्य समितिको लागि अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् |
एनआरएनए नाइजेरियाका सस्थापक अधक्ष्य थापा यस अघि दुई कार्यकाल अफ्रिकाको क्षेत्रिय संयोजक रही सकेका छन् | अफ्रीका महादेशमा एनआरएनएको बिस्तारमा थापाले महत्वपूर्ण भूभिका खेलेका छन् | थापा एन आरएनएका विभिन्न समिति ,उपसमिति र कल्याणकारी परियोजनाहरुमा समेत सदस्य रही सक्रिय योगदान दिई रहेका छन् |
बिषेशत अफ्रिकी मुलुकहरुमा दुख पाएका नेपालीहरुको उद्दार कार्य र अफ्रीका बाट नेपालमा कल्याणकारी र मानबिय सहयोग संयोजन गरि पठाउनमा थापाको योगदान रहेको छ | सन् २००७ देखि एनआरएनए अभियानमा थापा सक्रिय छन् |
थापाले एनआरएनएलाई बैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्यामाथि बढी केद्रित र उनीहरुको सहभागिता बढाउने तर्फ सहज गर्न पहल गर्ने , नेपालमा बैदेशिक लगानी भित्र्याउन एनआरएनए लाइ सस्थागत सहजीकरण केन्द्रको रुपमा बिकसित गर्ने तर्फ आफ्नो प्रयास रहने बताए |
पुर्खौली घर सुदुर पश्चिम अछामका थापा टिकापुरमा निवासी हुन् l धरान हात्तिसारबाट खाध्य प्रबिधि मा (बिटेक ) गरेका थापा ९ बर्ष देखि अफ्रीकाको सबै भन्दा ठुलो ब्यबसाय तथा उद्योग डनगोटे समुहका महाप्रबन्धक छन् l
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया