कोलोराडोमा नियमित साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ भदौ १५ गते १२:४० मा प्रकाशित
6
कोलोराडो- अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा मिति अगस्ट ३० का दिन नियमित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष वासुदेव खनालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उल्लेखनीय साहित्यिक अनुरागिको उपस्थिति थियो । धेरै जस्तो रचनाले देश दुखेको पिडा बोकेका थिए भने सिंगार रसले भरिएका गजलहरु पनि कार्यक्रमको आकर्षण थिए। मनोज तुलाधरले देश दुखेको सन्देश शान्ति लुकाउ कहाँबाट गाएर थालनी भएको थियो भने यस्तै आशयमा समिर आचार्य, इन्दिरा रेग्मी भट्टराई, रमेश कोइराला, वासुदेव खनाल आदिले रचना वाचन गरेका थिए । साथै अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले साहित्यकार तथा राजनीतिज्ञ राजेश्वर देबकोटाको रचनाद्वारा श्रदान्जली अर्पण गर्नु भएको थियो भने दिबङगत आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
3
त्यस्तै सम्झना आचार्य, रमिता तुलाधर, डा. विजय राज शर्मा, तारा अधिकारी र च्यापटरका अध्यक्ष भुपेन्द्र महतले पनि अाआफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा प्रमिला शर्मा, मन्दिरा मधुश्रीको गजल तथा देव भट्टराईको छन्द कविता समेत वाचन गरिएको थियो भने यसपालि पनि पल्लबी भुसालले आफ्नो मिठो स्वरमा कुन्ती मोक्तानको गीत गाएकी थिइन । कवि तथा गजलकार वासुदेव खनाल र कबयत्री सम्झना आचार्यको अाथित्यमा सञ्चालित उक्त कार्यक्रमको बिट धन्यवाद सहित च्याप्टरका अध्यक्ष भुपेन्द्र महतबाट भएको थियो भने आगामी सेप्टेम्बर महिनाको कार्यक्रम च्यापटरका कोषाधक्ष्य रमेश कोइरालाले प्रायोजन गर्ने जानकारी दिनु भएको थियो ।
1
फोटो: शैलेश पोखरेल

प्रतिक्रिया