मेलम्ची, १५ भदौ । दुई दिनदेखि अविरल वर्षाले अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची चौतारा मनमोहन राजमार्ग सञ्चालन गर्न स्थानीयवासीको प्रयास जारी रहेको छ ।
उक्त सडकको मेलम्ची नवलपुर सडकखण्डअन्तर्गत मेलम्ची नगरपालिका–१३ को सहरेखोला भिरमा पहिरोको कारण सडक अवरुद्ध भएको थियो ।
सडक खुलाउन स्थानीय २५ जनाले दुई दिन लगातार सडक पन्छाउने काम गरेपछि आज मोटरसाइकलसम्म जान सक्ने बाटो बनाउन सकिएको स्थानीयवासी तुलाराम दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया