परासी, १५ भदौ । नवलपरासीको देवचुली नगरपालिकामा रहेका माझी मुसहर, बोटे समुदायका बालबालिकाका लागि नगरपालिकाले बसको व्यवस्था गर्ने भएको छ ।
माझी मुसहर, बोटे समुदायका अधिकांश बालबालिका पढ्न जाने नवजागरण प्राथमिक विद्यालय र नेपाल उच्च माध्यमिक विद्यालयसम्म नगरपालिकाले बसको व्यवस्था गर्न लागेको हो ।
शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाको बालबालिका लक्षित कार्यक्रमअन्तर्गत बसको व्यवस्था गर्न लागेको जानकारी देवचुली नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागार्इंले दिनुभयो ।
प्रतिक्रिया