दमकल सञ्चालनका लागि कर्मचारी नियुक्ति हुन सकेन

इनेप्लिज २०७२ भदौ १५ गते २:०५ मा प्रकाशित

damkalपरासी, १५ भदौ । नवलपरासीको कावासोती नगरपालिकामा दमकल किनेको करिब दुई महिना हुन लाग्दा पनि अझै दमकल सञ्चालनका लागि कर्मचारी नियुक्ति हुन सकेका छैनन् ।

दमकल सञ्चालनका लागि कर्मचारी नियुक्ति गर्न नसकेको बारेमा कावासोती नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पन्थीसँग बुझ्दा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दमकल सञ्चालनका लागि नयाँ निर्देशिका बनाउन लागेको कारण कर्मचारी नियुक्ति प्रक्रिया रोकिएको बताउनुभयो ।

पन्थीका अनुसार मन्त्रालयले गृहमन्त्रालयमार्फत दमकल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकैको सशस्त्रको मातहतबाट दमकल सञ्चालन गर्ने कुरा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएका कारण कर्मचारी नियुक्ति प्रक्रिया रोकिएको पन्थीले बताउनुभयो ।
कावासोती नगरपालिकाले गत असारमा रु ६५ लाख ५० हजारमा दमकल खरिद गरेको थियो ।

प्रतिक्रिया