नक्कली हवाई टिकट पेस गर्ने अधिकृत तिवारीविरुद्ध मुद्दा दायर

इनेप्लिज २०७२ भदौ १४ गते १४:२५ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत ईश्वरी तिवारीबाट नक्कली हवाई टिकट तथा बिल पेस गरी अख्तियारको दुरुपयोग गरिएको पाइएकाले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार तिवारीले दशरथचन्द नगरपालिका कार्यालयका तत्कालीन कार्यकारी अधिकृत रहँदा २५ थान नक्कली एवम् झुट्ठा हवाई टिकट पेस गरी रु दुई लाख ३७ हजार ८०५ भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दायर गरिएको हो ।

सडकबाट यात्रा गरेको समयमा समेत नक्कली हवाई टिकट प्रयोग गरी राज्यको सम्पत्ति दुरुपयोग गरेको र गलत क्रियाकलापमा संलग्न भएको पाइएकाले हदैसम्मको कारबाहीको माग गर्दै सो अदालतमा मुद्दा दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया