मोटरसाइकल दुर्घटनामा मृत्यु

इनेप्लिज २०७२ भदौ १४ गते १३:३१ मा प्रकाशित

accident-signविराटनगर, १४ भदौ । सिरहामा आज अपराह्न दुई मोटरसाइकल ठोकिँदा एकको मृत्यु भएको भने अन्य तीनजना घाइते भएका छन् ।

स२प ५२५१ नंको मोटरसाइकल चालक सुखीपुर–६ बस्ने ३० वर्षीय रामदयाल यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार मृतकका भाइ २४ वर्षीय रुदल र ना१६प १६३४ नंको मोटरसाइकलमा सवार सोठियाइन–९ जगतपुर बस्ने ३५ वर्षीय सत्यनारायण चौधरी र उहाँकी श्रीमती प्रवीणदेवी गम्भीर घाइते भएका छन् । तीनै जनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यादवको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ५२५१ नंको मोटरसाइकल लहानको पडरिया चौकमा ठक्कर खाएपछि उक्त घटना भएको थियो ।

प्रतिक्रिया