बहुविवाह मुद्दाका दुई दोषी कारागार चलान

इनेप्लिज २०७२ भदौ १४ गते १२:२० मा प्रकाशित

jail-650x250भक्तपुर, १४ भदौ । भक्तपुर जिल्ला अदालतले बहुविवाह मुद्दामा अदालतले गरेको फैसला अटेर गरी फरार रहेका दुई जनालाई पक्राउ गरी आज कारागार चलान गरेको छ ।

अदालतको फैसलामा तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका दोषीलाई अदालतले डिल्लीबजार कारागार चलान गरेको हो ।

बहुविवाह मुद्दाका दोषी हाल सूर्यविनायक नगरपालिका–११ साविक नंखेल गाविस–१ का गोविन्द खत्रीलाई अदालतले २०६२ जेठ ५ गते ११ महिना १० दिन कैद र रु १० हजार जरिवानाको फैसला गरेको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

त्यसैगरी बहुविवाह मुद्दाकै दोषी हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१३ साविक गुण्डु गाविस २ का कृष्णबहादुर तामाङलाई पनि पक्राउ गरी कारागार चलान गरिएको छ । सो अदालतले उनीविरुद्ध एक वर्ष कैद र रु १५ हजार जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया