पशु प्रजनन केन्द्र सञ्चालनमा आएन

इनेप्लिज २०७२ भदौ १४ गते १२:१६ मा प्रकाशित

बेनी (म्याग्दी), १४ भदौ । जिल्लाको बेनी नगरपालिका– ४ खबरामा स्थापना गरिएको पशु प्रजनन केन्द्र वर्षौंदेखि सञ्चालनमा अउन सकेको छैन ।

उन्नत जातका पशुको विकास गरी कृषकलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले २०४२ सालमा स्थापना गरिएको उक्त केन्द्र्र पाँच वर्षमात्र उपयोगमा आएको थियो । सरकारवाट उपलब्ध कर्मचारी दरबन्दी र पशु आहराका लागि अनुदान कटौटी भएका कारण उक्त केन्द्र सञ्चालनमा आउन नसकेको पशुसेवा कार्यालयले जनाएको छ ।

सञ्चालनमा आउन नसक्दा केन्द्रका भौतिक पूर्वाधार जीर्ण अवस्थामा छन् । गाईभैँसीको उन्नत नश्ल सुधार गर्ने उद्देश्यले कृषि अनुसन्धान कार्यक्रम आयोजनाअन्तर्गत स्थापना भएको उक्त केन्द्र बजेट अभावका कारण सञ्चालनमा ल्याउन नसकेको कार्यालयका प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।

केन्द्र सञ्चालन गर्न पहल गरिरहेको रेग्मीकोे भनाइ छ । जिल्लाको एकमात्र यस पशु प्रजनन केन्द्र सञ्चालन भएमा सदरमुकाम आसपासका करिब १० गाविसका किसान लाभान्वित हुने सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया