धिमे बाजा संरक्षणमा कावासोतीका नेवार युवा जुटे

इनेप्लिज २०७२ भदौ १४ गते १०:३५ मा प्रकाशित

कावासोती, १४ भदौ । नेवार समुदायको परम्परागत धिमेबाजा लोप हुँदै गएपछि कावासोतीका नेवार युवा त्यसको संरक्षणमा जुटेका छन् । नवलपरासीको नेवार समुदायको संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरू बाजा संरक्षणमा जुटेका हुन् ।

अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पक्ष हस्तान्तरण हुन नसक्दा संस्कृति लोप हुने अवस्थामा पुगेकाले धिमेबाजा संरक्षणमा लागेको शिका नेवाः गुठीका सञ्जय श्रेष्ठले बताउनुभयो ।

यो बाजा बजाउन काठमाडौँबाट प्रशिक्षक बोलाएर गुठीका सदस्य घरका युवालाई सिकाइएको छ । कावासोतीका अरुण श्रेष्ठ अहिले निकै राम्रो धिमे बाजा बजाउन सक्नु हुन्छ ।

बुबाले घरमा बजाएको देख्दा मलाई पनि बजाउन मन लाग्थ्यो अहिले राम्ररी बजाउन सिक्दैछु उहाँले भन्नुभयो–“बाजा बजाउन सिक्दा एकातिर मेरो सीप बन्यो अर्कोतर्फ संस्कृतिको संरक्षण भयो ।”

अहिले १२ जना नेवार युवाले धिमे बाजा बजाउनेको तालिम लिएका हुन् । तालिममा १३ वर्षदेखि ३० वर्षसम्मका छन् । तालिमका प्रशिक्षक सूर्यनारायण महर्जनले निकै मन दिएर यहाँका युवाले बाजा बजाउन सिकेको बताउनुभयो ।

“युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो अहिले धेरै राम्रो काम भएको छ”, उहाँले भन्नुभयो– “युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जा“दा आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा उनीहरुको यो उत्साह अनुकरणीय छ ।”

तीन सय ६५ दिनमा ३६६ वटा पर्व हुने समुदायका रुपमा परिचित नेवार समुदायले समयमै संस्कृतिको जगेर्नामा नलागेमा लोप हुने खतरा देखिएको शिका नेवाः गुठीका संस्थापक संयोजक रामचन्द्र श्रेष्ठले बताउनुभयो ।

हामी संस्कृतिमा धनी छाँै मात्र भनेर हुँदैन यसलाई जोगाउनुपर्छ उहाँले भन्नुभयो– “गुठीकै माध्यमले संस्कृति बचाउन लागेका छौँ ।”

धिमे बाजा बजाउने मान्छे नहु“दा संस्कृति नै लोप हुने अवस्थामा पुगेकाले काठमाडाँैबाट प्रशिक्षक ल्याएर युवालाई बाजा सिक्न लगाएको बताउनुभयो ।

यो बाजा नेवारको विभिन्न चाडपर्वमा बजाउने चलन छ । तीन महिनाअघिदेखि सुरु भएको यो प्रशिक्षण गाईजात्राको अघिल्लो दिनसम्म चलेको थियो ।

प्रतिक्रिया