आगलागीबाट चार लाखको क्षति

इनेप्लिज २०७२ भदौ १४ गते १०:२७ मा प्रकाशित

जनकपुरधाम, १४ भदौ । आज बिहान जनकपुर उपमहानगरपालिका–४ मुरली चोकस्थित कृष्णा मिट हाउसमा आगलागी हुँदा करिब चार लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ ।

खाना पकाउने एलपी ग्यासमा सलाई कोरेर बाल्न खोज्दा सो आगलागी भएको होटल सञ्चालक सियाराम राउतले बताउनुभयो । नगरपालिकाको दमकल ढिलो गरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

सो आगलागीमा नगद, जिन्सी, टिभी, लत्ताकपडा तथा अन्न जलेर नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया