सरकारी कार्यालयमा आगजनी

इनेप्लिज २०७२ भदौ १४ गते ८:२८ मा प्रकाशित

aaglaagiचन्द्रपुर (रौतहट), १४ भदौ । जिल्ला प्रशासन कार्यालयले काजजात राखेको जिल्ला विकास समिति रौतहटको पुरानो भवनको कोठामा सोमबार बिहान आगजनी भएको छ ।

मधेसी मोर्चाले गरेको बन्दको १६औँ दिनमा जिविस रौतहटको पुरानो भवनमा आगजनी हुँदा कागजातहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालयको भवन निर्माणको क्रममा रहेकाले जिविस भवनको कोठामा कागजपत्र स्टोर गरी राखिएको थियो ।

आगो लागेपछि सुरक्षाकर्मीले वारुणयन्त्रको सहयोगमा आगो निभाएका छन् । आगजनीबाट जिल्ला प्रशासन कार्यालयका फाइल तथा विभिन्न कागजपत्र र केही फर्निचरहरु जलेर नष्ट भएको छ । आगो मधेसी मोर्चाका कार्यकर्ताले लगाएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

धेरै वर्षअघिका कागजपत्र, पुराना फर्निचर जलेर नष्ट भएको रौतहट प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया