आइतबार, मंसिर २१ २०७७
काठमाडौं ००:०३
वासिङटन डिसी 13:18

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते ओलीको उपचारका क्रममा मृत्यु

इनेप्लिज २०७२ भदौ १४ गते ७:३४ मा प्रकाशित

accident-signतुलसीपुर (दाङ), १४ भदौ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा कार्यरत २६ वर्षीय प्रेम ओलीको आज बिहान उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ ।

केहीदिन अगाडि घोराहीबाट तुलसीपुर फर्कने क्रममा आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ओली गम्भीर घाइते हुनुभएको र उहाँको आज बिहान भारतको लखनउस्थित समिरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँका साथी अर्जुन ओलीले जानकारी दिनुभयो ।

सल्यानको झिम्पे स्थायी घर भएका ओली १० वर्षदेखि तुलसीपुरमा विभिन्न सामाजिक सङ्घसंस्थामा समेत संलग्न हुनुहुन्थ्यो ।

प्रतिक्रिया