लायन्सको बालबालिका सहयोग अभियान

इनेप्लिज २०७२ भदौ १४ गते ७:३३ मा प्रकाशित

रत्ननगर (चितवन), १४ भदौ । लायन्स क्लब अफ चितवन सौराहाले रत्ननगरको मङ्गलपुरमा रहेका १३१ चेपाङ बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

बालबालिकाको एक महिने सहयोग सिएलइओएफजीअन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको सौराहा लायन्सका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी २ नेपालका डिस्ट्रिक प्रथम भाइस गभर्नर घनश्याम भट्टराईले सौराहा लायन्सको गतिविधि प्रशंसनीय रहेको प्रतिक्रिया दिनुभयो ।

बालबालिका सहयोग अभियानअन्तर्गत दुई दिनअघि मात्रै चितवनको नारायणगढस्थित हाम्रो घरमा रहेका २२ बालबालिकालाई सहयोग गरेको सौराहा लायन्सले यहाँ आश्रित १३१ चेपाङ बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गरायो ।

बालबालिकाको सहयोग तथा शैक्षिक अभियान आफ्नो कार्यकालभरि नै अघि बढाउने लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताउनुभयो ।

गामबेँसी चेपाङ संरक्षण केन्द्रमा रहेका चेपाङ बालबालिका हरेकलाई एक दर्जन कापी र कमल सहयोग गरिएको लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया