काठमाडौँ, १३ भदौ । आज साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । सात बजेर दुई मिनेट जाँदा ५.० रिक्टर स्कलेको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले पछिल्ला दिनमा परकम्प केही समय घट्ने र बढ्ने भइरहेको भएपनि यो क्रमशः कम हँुदै जाने बताउनुभयो ।
यसअघि आजै बिहान आठ बजेर २६ मिनेटमा दोलखाको जिरी केन्द्रबिन्दु भएर ४.१ रिक्टरस्केलको परकम्प गएको थियो भने बिहानै तीन बजेर नौ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.३ रिक्टरस्केलको परकम्प गएको थियो ।
केन्द्रका अनुसार गत वैशाख १२ को ७.६ रिक्टर स्केलको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टरस्केलभन्दा माथिका ३८९ पराकम्प गएका छन् ।
प्रतिक्रिया