दुई परकम्प

इनेप्लिज २०७२ भदौ १३ गते ५:२८ मा प्रकाशित

vukampaकाठमाडौँ, १३ भदौ । आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् ।

बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि आजसम्ममा तीन सय ८६ परकम्प गइसकेको केन्द्रको वेबसाइटमा जनाइएको छ ।

प्रतिक्रिया