न्यु जर्सीमा नेपाली मुलका अभियन्ताहरुको बार्षिक सम्मेलनको समुद्घाटन सत्र सम्पन्न

इनेप्लिज २०७२ भदौ १२ गते १६:०३ मा प्रकाशित

IMG_1559

अमेरिकामा रहेका नेपाली मुलका अभियन्ता (इन्जीनियर्स ) को छाता संगठन अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स तथा कम्प्युटर एसोसियसन अफ नेपाल युएस को सयुक्त आयोजनामा अमेरिकाको न्यु जर्सीमा नेपाली मुलका अभियन्ताहरुको बार्षिक सम्मेलनको समुद्घाटन सत्र सम्पन्न भव्यताको साथ सम्पन्न भएको छ l

प्रमुख अतिथि रहनु भएका अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ( बिध्या वारिधि )ले संस्थाले गरेको गतिबिधि ,भूकम्पको पिडित र नेपाल पुनर्निर्माणमा गरि रहेको अहम भूमिका प्रसंसा गर्नु भएको भयो l राजदुत कार्कीले नेपाल सरकारको तर्फ तथा राजदुताबासको तर्फबाट साथमा मिलेर काम गर्न ईक्षा व्यक्त गर्नु भएको थियो l

यसै गरि सयुक्त राष्ट्र संघका लागि सम्मानीय सहायक महा सचिब ज्ञान चन्द्र आचार्यले मुख्य वक्ताको रुपमा २०१५ को नेपालको भूकम्प सम्बन्धि कार्यपत्र प्रस्तुति गर्नु भएको थियो l

वहाले अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सले उल्लेख्य काम गरेको बताउनु भयो l नेपालको भूकम्प बारेमा अन्तर राष्ट्रिय समुदायले ठुलो सहयोग गरेको चर्चा गर्दै पुनर्निर्माण अति आवश्यक भएकोले संस्थाले राम्रो काम गर्ने कुरामा आफु बिश्वस्त भएको बताउनु भयो l

IMG_1570

उक्त समुद्घाटन सत्र कार्यक्रममा सस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ मलेसियाको भ्रमणमा रहेकोले मलेसिया बाट नै बोल्दै नेपालको पुनर्निर्माणमा संस्थाले गरेको कामको छोटो बारेमा बताउदै लगातार काम गर्ने संदेश दिनु भएको थियो l

क्यान युएसएका  तर्फ बाट अध्यक्ष प्रदीप खनालले भुकम्प पिडितको लागि संस्थाले गरेको सहायता एवं संगठनले गरेको गतिबिधि बारेमा बोल्नु भएको थियो l

यसै गरि संस्थापक अध्यक्ष प्राध्यापक रमेश मल्लले कार्यक्रम संचालन गर्दै दिन भर हुने कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियो l यसै गरि स्थानीय संगठन समितिका उपेन्द्र लाल कर्ण तथा गैर आवासीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्यव समितिका सल्लाहकार राम चन्द्र खरेलले शुभ कामना दिनु भएको थियो l

गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष चिकित्सक केसब पौडेलले सम्मेलन को लागि शुभ कामना दिनु भएको थियो l नेपाल बाट सम्मेलनको लागि आई पुग्नु भएका नेपाल ईन्जिनियर्स संघ नेपालका वरिस्ठ अभियन्ता ध्रुब थापाले भूकम्प पश्च्यात नेपालको अवस्था तथा नेपाल निर्माणको लागि नेपाल ईन्जिनियर्स संघको भूमिका बारेमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो l

IMG_1620

र थापाले अभियन्ता तथा प्राबिधिकहरुलाई नेपालमा पछि पारिएको आरोप लगाउदै अमेरिकामा आफुलाई भब्य आतिथ्य पाएकोमा हर्ष व्यक्त गर्नु भएको थियो l

वहाले अगाडी भन्नु भयो नेपालको भूकम्पमा ठुलो क्षति हुन् बाट बच्यो l पशुपति नाथले रक्षा गरेको भन्दै अमेरिकाले कसरि विकास गरेको छ त्यो यहाँ बस्नेले नेपालमा बस्ने लाई हिस्सा गर्न आग्रह गर्नु भयो l र ,कार्यक्रममा सम्मेलनका प्राबिधिक सह-सभापति अभियन्ता ठाकुर ढकालले धन्यवाद दिनु भएको थियो l

IMG_1554

उक्त बार्षिक सम्मेलनमा राजदुत डा कार्की ,महामहिम ज्ञान चन्द्र आचार्य तथा नेपाल ईन्जिनियर्स संघ नेपालका वरिस्ठ अभियन्ता ध्रुब थापालाई सम्मान पनि गरिएको थियो l

IMG_1529

IMG_1618 IMG_1613 IMG_1606

प्रतिक्रिया