धनगढी र टीकापुरमा आज पनि निषेधाज्ञा यथावत्

इनेप्लिज २०७२ भदौ १० गते ४:३४ मा प्रकाशित

धनगढी, १० भदौ । टीकापुरमा भएको हिंसात्मक घटनापछि कैलालीमा शान्तिसुरक्षाको स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा आज पनि निषेधाज्ञा लगाएको छ ।

आज बिहान ११ देखि साँझ ६ बजेसम्मको समयमा धनगढी नगर क्षेत्रमा निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यसअघि बुधबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा साँझ ६ बजे फुकुवा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । लगातार लगाइएको निषेधाज्ञाका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

प्रतिक्रिया