इलाममा ज्योतिषशास्त्रसम्बन्धी आधारभूत कक्षा सुरु

इनेप्लिज २०७२ भदौ १० गते ४:३३ मा प्रकाशित

downloadइलाम, १० भदौ । इलाम सदरमुकाममा ज्योतिषशास्त्रसम्बन्धी आधारभूत प्रशिक्षण सुरु गरिएको छ । स्थानीयस्तरमा रहेका ज्ञानलाई संरक्षण तथा संस्थागत गराउने उद्देश्यले ज्योतिषशास्त्र सम्बन्धीको कक्षा सुरु गरिएको हो ।

अहिलेको आधुनिक युगमा आइपुग्दा धार्मिक विश्वास मान्यता हराउँदै गइरहेको तथा पुराना÷पुराना शास्त्र लोप हुने अवस्थामा पुगेकाले नयाँ युगसम्म बचाइराख्नका लागि ज्योतिषशास्त्रको कक्षा सुरु गरिएको हो ।

नेपाल ज्योतिष परिषद् इलाम समितिको आयोजनामा गत वर्षदेखि सुरु गरिएको प्रशिक्षणमा एक महिलासहित २५ जनाको सहभागिता रहेको जानकारी परिषद्का प्रशिक्षक ज्योतिष चेवनप्रसाद दुलालले दिनुभयो ।

ज्योतिषशास्त्रसम्बन्धी आधारभूत प्रशिक्षण मासिक रुपमा एकपटक गराइँदै आएको छ । प्रशिक्षणमा आधुनिक युग, ज्योतिष ज्ञान, भविष्यवाणीमा विश्सनीयताका आधार, सीमान्तकृत ज्ञान लगायतका विषयमा प्रशिक्षण गराउँदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया