मिति लेखिएको नपाइएपछि भारतीय चामल सील

इनेप्लिज २०७२ भदौ ९ गते १४:५९ मा प्रकाशित

riceबनेपा, ९ साउन । काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल गाविसमा रहेको बनेपा फुड प्रोडक्टबाट १२३ बोरा भारतीय चामल बजार अनुगमन टोलीले आज सील गरेको छ ।

पच्चीस किलोग्रामको लाइफलाइन नामको बोरामा उत्पादन मिति र म्याद गुज्रेको र कतिपयमा मिति नै नभएको पाइएकाले सबै बोराको चामल बनेपा–५ स्थित कोठामा राखेर सील गरिएको घरेलु तथा साना उद्योग कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख ऋषिराम केसीले जानकारी दिनुभयो ।

ती चामल अखाद्य प्रमाणित भए कारबाही हुने पनि उहाँले बताउनुभयो ।

सो प्रोडक्टका सञ्चालक लक्ष्मीराज राजभण्डारीले रु ७५० र रु ८५० मा ५०० बोरा चामल खरिद गरेर सोही अनुपातकै दरमा बिक्री गरेको र बाँकी रहेको बाहेक सबै बिक्री भइसकेको जानकारी दिनुभयो । सो चामल कपिलवस्तुको कृष्णनगर नाकाबाट ललितपुर हुँदै बनेपा आएको कागजातले देखाएको छ । सो चामलको मूल्य सस्तो भएकाले त्यसको माग बढेको जनाइएको छ । सञ्चालक राजभण्डारी काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया