बन्द यातायात सेवा सञ्चालन

इनेप्लिज २०७२ भदौ ८ गते ४:४० मा प्रकाशित

मेलम्ची, ८ भदौ । मेलम्ची साँखु सडकखण्डको विभिन्न ठाउँमा पहिरो गई अवरुद्ध भएको काठमाडौँसम्मको यातायात आजबाट सञ्चालनमा आएको छ ।

केही दिन अगाडिदेखि यातायात अवरुद्ध भएका कारण मेलम्चीलगायतका स्थानीय बासिन्दाले सास्ती खेप्न परेको थियो ।

हेलम्बु राजमार्गअन्तर्गत मेलम्ची–बनेपा काठमाडौँ सडकखण्ड मध्य कोदावरीको भिरमा ठूलो पहिरो गएकाले सो मार्गमा अझै पनि बीचबीचमा हिँडेर मात्र काठमाडौँसम्म जान जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

मेलम्चीबाट छोटो दूरीमा काठमाडौँ पुग्न सकिने साँखु मेलम्ची चौतारा सडकखण्डको ठाउँठाउँमा गएको पहिरो आमा हेल्मो यातायात सेवा समितिले पहिरो हटाएपछि आजबाट यातायात सेवा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया