२९ अगष्टमा साराटोगा स्टरिट अल्मेडा जाऔं, रमाइलो गीतका साथ खुलेर नाचौं, नचाऔं
हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २९ अगष्ट शनिबार, २०१५ मा विशेष कार्यक्रम हुने भएको छ । आयोजकले २९ अगष्टको विशेष कार्यक्रमको मिति सुरक्षित राख्नका लागि सम्पूर्णलाई आह्वान समेत गरेको छ । विशेष कार्यक्रममा सहभागी भएर नाच्न र रमाउन आयोजकले आह्वान गरेको छ ।
बेलुका ६ बजेदेखि ११ बजेसम्म २७०० साराटोगा स्टरिट, अल्मेडामा ( 2700 Saratoga Strect Alameda CA 94501) हुने कार्यक्रममा सहभागिताका लागि २० डलर तोकिएको छ । २० डलर तिरेपछि डिनर, स्न्याक्स, सफ्ट ड्रिंक्स र एक गिलास वाइन निःशुल्क प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । यद्यपि १२
बर्ष मुनिका बालबालिका र ६५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
रोहित क्षेत्री डिजे रहनु हुने कार्यक्रममा पवित्रा परियार अतिथि कलाकार रहनु हुने आयोजकले जनाएको छ । कलाकार परियारले हालसम्म दुई दर्जनभन्दा बढी गीतहरु गाईसक्नु भएको छ । उहाँले अहिले सम्म एक दर्जनभन्दा बढी गीति एल्बमहरु निकालिसक्नु भएको छ । उहाँ इस्ट कोस्टमा अत्यन्तै लोकप्रिय गायिका को रुपमा परिचित रहनु भएको छ । कार्यक्रममा अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार स्थानीय च्यानलले पनि उक्त कार्यक्रमको कभर गर्ने भएको छ । उक्त कार्यक्रमबाट भएको नाफा रकम भूकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाका श्री क्षमादेवी उच्च मा. वि.”को पुनर्निर्माणमा लागि प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा स्थानीय कलाकारहरु नेपालकी राष्ट्रिय नृत्याङ्गना संगीता शर्मा, शोभा दाहालको भजन, श्रावणी र वुगमीट वोक्जाको नृत्य सनम ढकालको नृत्य रहने भएको छ । यस्तै कार्यक्रममा ५ बर्षकी लभना महर्जनले गीत गाउने भएकी छिन् ।
यस्तै कार्यक्रममा सहभागी हरुलाई हिमालयन कजिन कन्कर्डले खानाको विशेष किसिमको परिकारको व्यवस्था गर्ने भएको छ । यस्तै अहिलेसम्म उक्त कार्यक्रमका लागि क्षत्री एण्ड एसोसिएट्सले ३००, बालकृष्ण आचार्यले २ सय डलर, शंकर केसी २ सय डलर, दिक्पाल केसीले २००, श्याम श्रेषठले १०० डलर भीमसेन खड्का ५० डलर चन्दा सहयोग गर्नुभएको छ । यस्तै कार्यक्रमका लागि सोनिया केसीले एक सय, संगीता गुरुङले एक सय, अंगीरा सुवेदीले एक सय, यज्ञ नेपालले ५० डलर सहयोग गर्नुभएको छ ।
कार्यक्रमका लागि टंक क्षेत्री लगायत विभिन्न महानुभावनहरुले आर्थिक सहायता गर्नुभएको छ । कार्यक्रम का लागि समाजसेवी तथा व्यवसायी मनोज घिमिरेले आठ केस बियर सहयोग गर्नु हुने भएको छ साथै समाजसेवी नन्दु ढुङ्गेलबाट केही वाइनको व्यवस्था हुने भएको छ ।
कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि सहभागीहरुलाई सहयोग गरि दिन हुन आयोजक समितिकी संयोजक संगीता गुरुङले सबैलाई आह्वान समेत गर्नुभएको छ । साथै उक्त दिन जनै पूर्णिमा परेको हुनाले रक्षा बन्धन अर्थात डोरो बाँध्नका लागि मधुसुदन खनाल ब्राम्हणको पनि व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ । उक्त कार्यक्रमलाई स्थानीय संस्था द हवाइट जोन र भुटनिज कम्युनिटी अफ क्यालिफोर्निया को पनि विशेष सहयोग रहने आयोजकले जनाएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया