भुकम्पले ध्वस्त नुवाकोटका १७ विद्यालयलाई इजरायलवाट साँढे १० लाख सहयोग

इनेप्लिज २०७२ भदौ ७ गते १५:१२ मा प्रकाशित

hast विदुर, नुवाकोट, भदौ ६ गते

भुकम्प पिडित सहयोग अभियान इजरायलको आयोजनामा नुवाकोटमा भुकम्पवाट पुर्ण रूपमा क्षती भएका १७ वटा विद्यालयहरूलाई प्रति विद्यालय ६१ हजार ७ सय ६५ रुपैयाँका दरले कुल १० लाख ५० हजार रूपैया वरावरको चेक हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा भुकम्पपीडित सहयोग अभियान इजरायलका सहयोगी डा. उद्धव प्याकुरेलको सभापतित्व, जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यता, नुवाकोट जिल्ला शिक्षा अधिकारी चन्द्र व. खड्काको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अतिथी तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सहयोग स्वरुपको चेक हस्तान्तरण गर्दै भुकम्पले तहसनहस वनाएको नुवाकोटका शतप्रतिशत क्षती पुगेका १७ विद्यालयहरूमा प्राप्त सहयोग सह्रारनीय रहेको उल्लेख गर्दै इजरायलमा पुगेर मजदुरी गरिरहेका नेपाली श्रमिकहरुले शैक्षिक क्षेत्रमा सहयोग गर्ने अत्यन्त सकारात्मक सोच लिदै गरिएको यस सहयोगले भग्नावशेषमा परिणत हुन पुगेका ती विद्यालयहरूमा अध्यनरत बालबालिकाहरुको अध्ययनमा सरलता पुग्ने आशा व्यक्त गर्नुभयो । उहाँले इजरायलमा रहेका सहयोगी दाताहरूलाई संभव भएमा भुकम्पले क्षति पुगेका विद्यालयका साथै उपस्वास्थ्य चौकीहरुमा समेत सहयोग प्रदान गर्न आग्रह गर्नुभयो ।

Nuwakot  Pro..00नुवाकोट जिल्ला रेडक्रस रेडक्रस हल विदुरमा आयोजित   उक्त कार्यक्रममा मन्तव्य दिदै जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले भुकम्पले ध्वस्त विद्यालय पुर्ननिर्माणको लागि विदेशी भूमी इजरायल पुगेका नेपाली श्रमिकहरूले सञ्चालन गरेको यस अभियानवाट प्राप्त रकमले विद्यालयमा कमसेकम अस्थायी टहरा निर्माणका लागि सुविधा पुग्ने वताउदै इजरायलवासी नेपालीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भुकम्पबाट नुवाकोटमा रहेका चार सय ८६ वटा विद्यालयमा क्षति पुगेको उल्लेख गर्नुभयो ।

सहयोग रकम वरावरको चेक प्राप्त गरेपछि नुवाकोटको वेलकोट गाविसमा रहेको पञ्चकन्या उच्च माविकी प्राचार्य सरस्वती श्रेष्ठले यस सहयोगवाट विद्यालयमा विभिन्न पुर्ननिर्माण कार्य गर्न सुविधा पुगेको वताउनुभयो साथै उहाँले भुकम्पको चोटसंगै गर्लम्म ढलेका भौतिक संरचनादेखी लथालिङ्ग रहेको विद्यालयमा यस रकमवाट अस्थायी टहरो निर्माण गरि सरल रुपमा विद्यार्थीहरुलाई पठनपाठन शुरू गराईने वताउनुभयो । सोच्दै नसोचेको सहयोग पाउने जानकारीले विद्यालय व्यावस्थापन समितीदेखी सवैजना उत्साहित रहेको वताउदै प्राप्त सहयोग रकम इजरायलवासी नेपालीहरूको मायाको चिनो सम्झिदै जिवन्तसम्म रहिरहने गरी विद्यालयमा राखिने समेत वताउनुभयो ।

Nuwakot  Pro..17भुकम्प पिडित सहयोग अभियान इजरायलवाट सहयोग पाउने विभिन्न गा. वि. स का विद्यालयहरुमा पञ्चकन्या उच्च मावि बेलकोट, भृकुटी मावि मदानपुर, महेन्द्र उच्च मावि लिखु, शिलादेवी मावि रातमाटे, कुम्भेश्वर मावि खुनखानी, श्रीकृष्ण उच्च मावि तारुका, बोलुङ कटुन्जे प्रावि घ्याङफेदी, शिलाकन्या निमावि लच्याङ. सप्तकन्या प्रावि नर्जा, पिपलडाडाँ मावि खानी, महादेवी मावि बालकुमारी, रालुका मावि रालुका, किम्ताङ मावि किम्ताङ, दाङसिंङ मावि दाङसिं, सरस्वती मावि बुङताङ, सरस्वती निमावि बुधसिं र होइमाङ मानेढुंगा प्रावि वेतिनी रहेका छन् ।

नुवाकोट रेडक्रसका उपसभापति राजकुमार भट्टराईले विदेशी भूमिमा श्रम गरेर बसेका सहयोगीहरुबाट प्राप्त आर्थिक सहयोग दुरुपयोग नगरी विद्यालय व्यवस्थापन समितिको प्रत्यक्ष सहभागीतामा विद्यार्थीहरुको लागि विद्यालय भवन पुर्ननिर्माण गर्न आग्रह गर्नुभयो । त्रिभुवन विश्व विद्यालय राजनीतिक शास्त्रका प्राध्यापक डा. इन्द्रकुमारी अधिकारी र अभियानका सहयोगी देवचन्द्र भट्टले प्राप्त सहयोग रकमले उपलव्ध स्रोत र साधनबाट विद्यालय भवन पुर्ननिर्माण, पुस्तकालय, छात्रछात्रा शौचालय निर्माण गर्न सहयोग पुर्याउने भएकाले विद्यालयका प्रधानाध्यापक, अध्यक्ष एवं प्रतिनिधिहरुलाई आग्रह गरे ।

औपचारिक कार्यक्रम शुरू गरिएपश्चात भुकम्प पिडित सहयोग अभियान इजरायलकी शुभद्रा भण्डारीले पठाएको अभियानसम्वन्धि महत्वपुर्ण जानकारी सहितको अडियो रेकर्ड सुनाईएको थियो । उक्त रेकर्डमा इजरायलमा रहेका नेपालीहरूको एकतामा जन्मभूमी प्रतिको प्रगाढ मायाँ, ममता ,स्नेहका साथ संकलन गरिएको सहयोग इजरायलवासी नेपालीहरूको मायाको चिनो सम्झिदै विद्यालयको हितमा उपयोग गर्ने अभियानले पुर्ण अपेक्षा गरेको वताईएको थियो । सो कार्यक्रमको संचालन अभियानका सहयोगी तथा समाजसेवी दिल व शाक्यले गर्नुभएको थियो ।

आईवार घोषणा गरिएको वन्दको वावजुद पनि कार्यक्रममा सम्वन्धित विद्यालयहरूवाट प्रधानाध्यापक तथा व्यावस्थापन समिती अध्यक्षहरू साथै विभिन्न मिडियाका संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

Nuwakot  Pro..19

प्रतिक्रिया