डिसीमा पहिलो पुस्ता र दोश्रो पुस्ता बिच अन्तरक्रिया

इनेप्लिज २०७२ भदौ ७ गते १०:४७ मा प्रकाशित

IMG_9131गैर आवासिय नेपाली (एनआरएन) भर्जिनिया च्याप्टरले नेपालमा हुर्किएर अमेरिका आएका पहिलो पुस्ता र अमेरिकामै जन्मे हुर्केका दोस्रो पुस्ताबीच समझदारी विकास गर्न शनिबार आयोजना गरेको कार्यक्रम भव्यताको साथ सम्पन्न भयो l अमेरिकी जनजीवनमा हुर्किरहेको नेपाली पुस्ताले नेपाली संस्कति भुल्न नसक्ने बताएका छन् ।

‘‘हाम्रो पुस्ताले स्वतन्त्रतामा सफलता देख्छ, अभिभावकको पुस्ताले नियन्त्रणमा निपूर्णता खोज्छ । फरक यहि छ,’’ अनिसा दवाडीले भनिन्, ‘‘तर स्वतन्त्रताको नाममा यहाँको संस्कृतिलाई अपनाएता पनि नेपाली संस्कार भुल्न सक्दैनौ ।’’ उनका अनुसार नयाँ पुस्ता पनि नेपाली भाषा र संस्कृतिको संरक्षण र सम्वर्दनमा प्रतिवद्ध छ । ‘‘हामी संस्कृतिको नाममा सम्पुर्णरुपमा संस्कृतिमा बाँधिन सक्दैनौ । हाम्रा बुवाआमा र हामीले सहज मध्यमार्गी बाटो खोज्नै पर्छ ।

IMG_9129

अमेरिकामा अघिल्लो पुस्ता र पछिल्लो पुस्ताको बीचमा खाडल छ । हाल नेपालबाट यहाँ आइपुगेका बाबुआमा सगै यही जन्मे हुर्केको नयाँ पुस्ता मिश्रण यहाँ छ । स्वतन्त्रता चाहने नयाँ पुस्ता र आफूले चाहे जस्तो साँघुरो संसारमा आफ्ना छोराछोरी हुर्काउन चाहने पुरानो पुस्ताको बीचमा समझदारी, सम्वन्ध र अन्तरकृया बढ्न सकेमा नेपाली समाजलाई समुन्नत बनाउन सकिने सोचका साथ उक्त कार्यक्रम गरिएको एनआरएन भर्जिनियाका सचिव कृष्ण भण्डारीले बताए ।

गैरआवासिय नेपाली संघको गतिविधि र नेतृत्वमा यहाँ हुर्किएका नयाँ पुस्ताको अभिरुची बढाउँनु कार्यक्रमको मुख्य उद्देश्य रहेकोले हामीले युवाहरुको कुरा सुन्यौ र उनीहरुलाई यो फोरम उपलब्ध गराउन खोज्यौ’ भण्डारीले भने ।

IMG_9099युवालाई एनआरएनको मुलधारमा समाहित गर्न आफु सदैब लाग्ने प्रेरणा कार्यक्रमले मिलेको एनआरएन भर्जिनियाका अध्यक्ष मुक्ति दवाडीले बताए । यो खुसीको कुरा हो । अब हामी नयाँ समझदारी र सहजबाटोको खोजीमा लाग्छौ । यस्ता कार्यक्रम निरन्तर गर्ने छौ, उनले भने, युवा विना विकास सम्भव छैन । हामी नेपाल र नेपालीको समग्र विकासको नयाँ मार्ग पहिल्याउने कोशिसमा छौ । युवाहरुबाटै स्पस्ट मार्गचित्र आउने छ र हामी उनीहरुको पछि लाग्ने छौ ।

IMG_9111नेपालबाट अमेरिका आएका पुस्ता अर्थात अघिल्लो पुस्ताका प्रतिनिधीले नयाँ पुस्तामा नेपाली संस्कृति प्रतिको मोह देखिनु सकारात्मक भएको बताएका थिए । अविभावकको तर्फबाट दुई पुस्ताको वीचको समझदारीको सेतुका लागि बाबा र आमाको भुमिकाको प्रस्तुती क्रमशः प्रेम संग्रौला र पवन खनाल बाराकोटीले गर्नुभएको थियो । थोमस जेफरसन पव्लिक लाईब्रेरी फल्स चर्चमा आयोजित कार्यक्रमको सञ्चालन युवा पुस्ताकी एलिसा गौतमले गरेकि थिइन ।

IMG_9123

प्रतिक्रिया