शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:४०
वासिङटन डिसी 15:55

उद्योग परिसरमा सुतली बम विस्फोट

इनेप्लिज २०७२ भदौ ७ गते ५:११ मा प्रकाशित

bom-final18विराटनगर, ७ भदौ । विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा गएराति १०ः३० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ ।

नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई जनाले उद्योगको पश्चिमपट्टिको गेटबाट सो बम फालेर फरार भएको सुरक्षागार्डलाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यसअघि ती व्यक्तिले जर्दाको डिब्बामा विस्फोटक पदार्थ राखेर आगो सल्काई फालेका थिए । उक्त विस्फोटबाट कुनै क्षति नभएको बुझिएको छ ।

यस घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया