खेतको आलीबाट लडेर मृत्यु

इनेप्लिज २०७२ भदौ ७ गते ४:४८ मा प्रकाशित

रत्ननगर (चितवन), ७ भदौ । चितवनको रत्ननगरमा एक पुरुषको खेतको आलीबाट लडेर मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका–११ स्थित मङ्गलपुर घर भएका स्थानीय ५८ वर्षीय काले दराईंको आलीबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आइतबार साँझ गाउँबाट घर फर्कने क्रममा हिँड्दै गर्दा उनी आलीबाट लडेको प्रहरीले जनाएको छ ।

उनको शवलाई रातिनै परीक्षणका लागि भरतपुर अस्पतालमा लगिएको छ ।
उनले मदिरा सेवन गरेको हुनसक्ने प्रहरीले अनुमान गरे पनि परीक्षणपछि मात्रै कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया