साहित्यकार र समाजसेवी सम्मानित

इनेप्लिज २०७२ भदौ ६ गते ५:२४ मा प्रकाशित

काठमाडौँ, ६ भदौ । गोदावरी कला तथा साहित्यिक समाजले साहित्यकार रामकुमार पण्डित र समाजसेवी राजेशबहादुर श्रेष्ठलाई शनिबार सम्मान गरेको छ ।

नेपाली भाषा तथा साहित्य विकासमा विशेष योगदान पु¥याएबापत पण्डित तथा विभिन्न सामाजिक सङ्घसंस्थामा रही ग्रामीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत श्रेष्ठलाई सम्मान गरिएको हो ।

सो अवसरमा साहित्यकार हरिभक्त सिग्देलले नेपाली भाषा तथा साहित्यलाई अनुवाद गरी अन्तर्राष्ट्रिय तहमा स्थापित गराउनुपर्नेमा जोड दिँदै समाजसेवाले अरूको सहयोगका लागि मानिसलाई समर्पित गरी आफूलाई खुसी राख्न सिकाउने बताउनुभयो । समाजका अध्यक्ष मञ्जुश्री केसी प्रधान (रानु)ले साहित्यले मानिसको दिमाग ठन्डा बनाउने बताउनुभयो ।

प्रतिक्रिया