१८ बन्दकर्ता पक्राउ

इनेप्लिज २०७२ भदौ ६ गते ५:१० मा प्रकाशित

Rss_Images_1440305186282_Pro_ktm_ Janajati Banda (3)काठमाडौँ, ६ भदौ । नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्द गराउँदै हिँडेका महासङ्घका १८ कार्यकर्ता बिहान पक्राउ परेका छन् ।

बालाजु चोकबाट १५, चाबहिल चोकबाट एक र ताल्सिखेल ललितपुरबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गर्नुपर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायत माग राखी बन्द आह्वान गरिएको हो ।
बन्दको सामान्य प्रभाव
विभिन्न राजनीतिक दलले संयुक्त रुपमा आज आयोजना गरेको नेपाल बन्दका कारण काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सवारी साधन सडकमा कम गुडिरहेका छन् भने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सञ्चालनमा छन् ।

उपत्यकाबाट लामो दूरीका लागि छुट्ने भाडाका सवारीसाधन तथा निजी साधन कुनै पनि सञ्चालन हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर उपत्यकाका भित्रने सवारीसाधनमा समेत कमी आएको छ । काठमाडौँ आउनका लागि विभिन्न जिल्लाबाट अघिल्लो दिन छुटेका भाडा तथा निजी सवारीसाधन गरी करिब दुई सय गाडी अहिलेसम्म उपत्यकामा भित्रेका छन् ।

उनीहरुलाई आवश्यकताअनुसार प्रहरीले सुरक्षा दिएका थिए । महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सामान्य अवस्थामा प्रतिदिन सात हजारदेखि आठ हजार सवारीसाधन उपत्यकामा भित्रने तथा सोही अनुपातमा बाहिरिने गरेको जानकारी दिनुभयो । उपत्यकाका थानकोट, कोटेश्वरलगायत सम्पूर्ण नाकाबाट दैनिक करिब ६० हजार मानिसको आवतजावत हुने गर्छ । त्यसमध्ये थानकोट बढी नै व्यस्त रहने नाका मानिन्छ ।

प्रतिक्रिया