सौर्य बत्ती वितरण
त्रिशूली (नुवाकोट), ६ भदौ । स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा रेडक्रस उपशाखाका लागि ऊर्जा समाज नेपालले शनिबार सौर्य टुकी वितरण गरेको छ ।
समाजले जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पनि सौर्य टुकी प्रदान गरेको छ । ऊर्जा समाजका कार्यक्रम संयोजक चञ्चला ढकालले संस्थाले भूकम्पअघि महिला सशक्तीकरणका माध्यमबाट नवीकरणीय ऊर्जाका क्षेत्रमा काम गरिरहेको भए पनि भूकम्पपछि विपद्मा परेका महिला तथा अन्य उद्धारका क्षेत्रमा काम गर्ने सङ्घसंस्था र विद्यालयलाई सौर्य ऊर्जा वितरण गर्दै आएको बताउनुभयो ।
उहाँले भूकम्प प्रभावित १० जिल्लामा सोलार र फिल्टर वितरण गरिसकेको बताउँदै मागअनुसारको राहत वितरणका लागि संस्था क्रियाशील रहेको बताउनुभयो । संस्थाले नुवाकोटका विभिन्न स्थानमा गरी एक हजार दुई सय सोलार र एक सय ६४ फिल्टर वितरण गरिसकेको छ । जिल्लाका सामुदायिक विद्यालयलाई एक सय ७८ सोलार, लिखुमा एक सय ४० घरधुरीलाई सोलार र फिल्टर, उर्लेनीमा तीन सय ४५ सोलार, गोस्र्याङमा तीन सय सोलार, बेतिनीमा ५० सोलार र रातमाटेमा सोलार र फिल्टर ४० घरधुरीलाई वितरण गरिएको संस्थाले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया