एनआरएन अमेरिकाको विवाद अदालतमा

इनेप्लिज २०७२ भदौ ५ गते १२:२४ मा प्रकाशित

nrn logo

गैर आवासीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय समिति अमेरिकाको गत अप्रिल महिनामा भएको निर्वाचनको बिषयलाई लिएर चुनावी मैदानमा अध्यक्ष तथा अन्य पदमा उम्मेदवार भएका प्रत्यासीहरुले परिणाम प्रति असन्तुस्टी जनाउदै अगस्त १९ तारिख टेनेसी राज्यमा मुद्धा दायर गरेका छन् l

गत अप्रिल १६ देखि अप्रिल २० तारिख सम्म निर्वाचन बिधुतिय प्रक्रिया तथा हुलाकी प्रणाली द्वारा गरिएको निर्वाचनको परिणाम अप्रिल २५ तारिख न्यु योर्कमा नतिजा घोषणा निर्वाचन आयोगका प्रमुख अधिवक्ता बिनोद रोकाले गर्नु भएको थियो l

निर्वाचन परिणाम प्रति तत्कालिन समयमा नै बिरोध गर्दै आएका निर्वाचनमा उम्मेदवारहरुले न्यायका लागि मिति अगस्त १९ तारिखका दिन दि चान्सरी कोर्ट फर रुदर फोर्ड काउन्टी टेनेसीमा दर्ता गराएका छन l

अदालतको ढोका ढक ढकाउनु अगाडी दुवै पक्षले विवादको समाधान गर्ने समिति समेत निर्माण गरेको थियो l दुवै पक्ष बाट बनाईएको समस्या समाधान समितिले विवाद बिषयमा किनारा नलगाउन नसके पछि बाध्य भै अदालतमा जानु परेको बताएका छन् l

उक्त मुद्धा १० जना उम्मेदवारले अगस्त १९ तारिख ३ बजेर ३० मिनेटमा दर्ता गराएका छन् भने मुद्धा हालिएको दर्ता संख्या १५ cv -११७८ रहेको छ l  मुद्धा दायर ७६ पन्नाको रहेको छ l

आउदो अक्टोबरमा नेपालमा हुने सम्मेलन एकातिर नजिकिदै जादा अदालती कारवाईले नराम्रो संदेश जाने संकेत देखिएको छ l अमेरिकामा टेक्सास राज्यका एनआरएन अन्तर राष्ट्रियका पूर्व महासचिब रतन झाले पनि अध्यक्ष पदको लागि उम्मेदवारी दिई सक्नु भएको छ l

प्रतिक्रिया