आइतबार, जेठ ८ २०७९
काठमाडौं १२:३०
वासिङटन डिसी 02:45

जाजरकोटमा बन्द फिर्ता, वातावरण सहज बन्दै

इनेप्लिज २०७२ भदौ ५ गते ४:१० मा प्रकाशित

300px-Jajarkot_district_locationजाजरकोट, ५ भदौ । शीर्ष तीन दलका नेताबीच शुक्रबार भएको सहमतिपछि जाजरकोट शान्त भएको छ ।

शुक्रबार बेलुका नै यहाँको सदरमुकाममा दीपावलीसमेत गरिएको छ । आज बिहानैदेखि सडकमा यातायातका साधन चलेको छन् । आजैदेखि बजार खुलेका छन् भने आइतबारदेखि विद्यालय खुल्ने संयुक्त आन्दोलन परिचालन समिति, जाजरकोटका राजेन्द्रविक्रम शाहले जानकारी दिनुभयो ।

जाजरकोटलाई सुदूरपश्चिमसँग मिलाएको भन्दै यहाँका नागरिक आन्दोलनमा उत्रिएका थिए । हप्ता दिनभन्दा बढी बन्दका कारण सदरमुकाम थन्किएका यातायातका साधन, यात्रु, आज बिहानैदेखि गन्तव्यमा लागेका छन् ।

प्रतिक्रिया