दिपाश्रीसँग विवाह गर्दै दिपकराज, मिति घोषणा (हेर्नुस् भिडियो)

इनेप्लिज २०७२ भदौ ४ गते १०:२९ मा प्रकाशित

Deepa-Shree-Niraula-Deepak-Raj-Giri-Wedding-Photoकाठमाडौं । नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिश्रृखला तितो सत्यका जोडि दिपक र दिपाले विवाह गर्ने मिति तय गरिएको छ ।

पत्रकार ऋषि धमलाले हास्य कलाकार दिपकराज गिरीलाई दीपाश्री निरौलासँगको बिहेको मिति तोक्न आफ्नो कार्यक्रम ‘धमलाको हमला’ मा दबाब दिएपछि दिपकराजले मिति तोकेका हुन् ।

‘तीतो सत्य’ को हिट जोडीलाई रियल लाइफमा पनि कति दर्शकले पती पत्नी कै रुपमा चिन्ने गर्छन् । विवाहित दीपकराजसँग अविवाहित दीपाश्रीको विवाह अहिलेसम्म भएको छैन् । हुन्छ वा हुदैन् ? त्यो त भविष्यले बताउने छ ।

तर, पत्रकार ऋषि धमलाले भने कलाकार दिपकराज गिरीलाई दीपाश्रीसँगको बिहेको मिति तोक्न लगाएरै छाडे । धमलाको उक्त प्रश्नमा दिपकराजले भनेका छन्, ‘म यसको मिति ठ्याक्कै घोषणा गर्छु, २१ सय ३८..’ आउँदो असोज १ गते देखि आफ्नो फिल्म ‘वडा नं ६’ को प्रचार प्रसारमा व्यस्त रहेका निर्माता एवं कलाकार दिपकराजमाथि पत्रकार धमलाले यसरी हमला गरेका थिए हेर्नुस् भिडियोमा :

प्रतिक्रिया