यस वर्षको धर्म संस्कृति पुरस्कार खनाललाई

इनेप्लिज २०७२ भदौ ४ गते १:५३ मा प्रकाशित

पथरी (मोरङ), ४ भदौ । हरेक वर्ष राधाकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण रथयात्रामा वितरण गरिँदै आएको पोकन मल राठी धर्म संस्कृति पुरस्कार यस वर्ष मोरङ अमरदहका लोकनाथ खनाललाई प्रदान गरिने भएको छ ।

रु ७१ हजार राशिको सो पुरस्कार योग प्रशिक्षक खनाललाई दिन लागिएको हो । राधाकृष्ण रथयात्रा २०७२ मूल आयोजक समितिले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा सो कुराको जानकारी दिएको हो ।

समितिका अध्यक्ष बाबुराजा ओझाले यही भदौ २२ गते विराटनगरको पानी ट्याङ्कीबाट सुरु हुने रथयात्राका लागि २० वटा उपसमितिसमेत बनाएको बताउनुभयो ।

प्रतिक्रिया