किसानलाई पानी तान्ने मोटर वितरण

इनेप्लिज २०७२ भदौ ४ गते १:५१ मा प्रकाशित

create_thumb.phpदमक, ४ भदौ । अग्र्यानिक तरकारी उत्पादन गर्ने झापा शिवसताक्षीका उत्कृष्ट किसानलाई पानी तान्ने मोटर वितरण गरिएको छ ।

शिवसताक्षी नगरपालिका तथा स्थानीय सन्देश मूल कृषक समूहले बिहीबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट आठ किसानलाई पानी तान्ने मोटर वितरण गरेको हो । नगरपालिकाको रु ७५ हजार र सन्देश मूल कृषक समूहको रु २५ हजार गरी रु एक लाख बराबरको मोटर वितरण गरिएको हो ।
तरकारी खेतीमा लागेका ती व्यावसायिक किसानको पेशालाई प्रोत्साहन गर्ने उद्देश्यले मूल समूहअन्तर्गतका विभिन्न कृषक समूहका सदस्यलाई मोटर वितरण गरिएको समूहका अध्यक्ष वेदनिधि अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईंले डम्मरकुमारी खतिवडा, राजुमाया निरौला, देवीमाया गुरागाईं, घनश्याम अधिकारी, भवानी शेर्मा, मेनुका निरौला लगायतलाई ती मोटर हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया