करोडौँको थुप्रोमा खेल्ने बानीले लियो कुमार घैंटेको ज्यान

इनेप्लिज २०७२ भदौ ३ गते १८:०६ मा प्रकाशित

 

 

Bashuकाठमाडौं, ३ भदौ । प्रहरीले खोजी गरेपछि लुकीलुकी हिडिँरहेका काठमाडौंका चर्चित डन कुमार श्रेष्ठ उर्फ कुमार घैँटेको बिहीबारबाट जीवनलिला सकिएको छ । काठमाडौँको सामाखुसी र लाजिम्पाट क्षेत्रलाई आधार बनाउँदै गुण्डाराज चलाउँदै आएका घैंटेले छोटो समयमै अकुत सम्पत्ति मात्रै कमाएनन्, राजनीतिमात्र कालो धनलाई सेतो बनाउँदै आएका थिए ।

Don-Kumar-Ghaite-hatiyarकाठमाडौंमा प्रहरीले गुण्डाहरुलाई कडाई गरेपछि कहिले राजधानीबाहिर त कहिले सिंगापुर र हङकड पुग्ने गरेका घैंटे आफैले आफू करोडपति र अपराधी भएको पुष्टि गरेका थिए । आफ्नो फेसबुक पेज शोराज आइडोमार्फत उनले करोड रुपैयाँको थुप्रोमा खिचेको फोटो, अबैध पेस्तोल र एसएमजी बोकेको फोटो सार्बजनिक गरेका थिए । जसलाई दैनिक नेपालले गत फागुन ३ गते सार्वजनिक गरेको थियो ।

उनी आफैले फेसबुकमा अपलोड गरेको फोटोमा एक हजारको नोटको पैसाको बण्डल खान लागेको देखिन्छ । उनीसँग आधुनिक हतियार पनि रहेको उनी स्वयमले फेसबुकमार्फत खुलाासा गरेका थिए । पैसाको थुप्रोको अगाडि टेबलमा खुकुरी र एउटा पेस्तोल पनि प्रष्टै देखिएको छ ।

पैसा र हतियारमा शौखिन रहेको देखाउँदै डन घैटेँले फोटो सार्वजनिक गरे पनि प्रहरीले यसको अनुसन्धान गर्ने हिम्मत गरेको थिएन ।

गुण्डागर्दीबाट करोडौँ रुपैंया आर्जन गरेका घैंटे पछिल्लोपटक भने ठेक्कापट्टामा लागेका थिए । त्यसका लागि काँग्रेसकै नेता तथा सभासद बद्रीनरसिंह केसीले साथ दिँदै आएको थिए ।

Don-Kumar-Ghaite

घैंटेले झण्डै तीस करोड अवैध रकम गजुरमूखी निर्माण सेवाको नामबाट असुली सकेको प्रहरीको दाबी छ । पैसाकै आडमा प्रहरी र काँग्रेसका केही नेताहरुको आडमा उनले उन्मुक्ति पाउँदै आएका थिए । नेपाल निर्माण ब्यबसायी महासंघका महासचिव शरद गौंचनसँग पनि उनको घनिष्ठता थियो । गौचनसँगको मिलेमतोमा घैटैंले ठेक्कापट्ट कब्जा गर्ने गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

अझ दिनेश अधिकारी चरीको हत्या र रमेश बाहुन लागू औषधसहित जेल जलान भएपछि त घैंटेको जगजगी बढ्यो । राजधानीमा चरी र घैंटेबीच मारामारको अवस्था चलिरहेको थियो । चक्रे मिलनसँग मिलेर घैंटको समूहलाई आक्रमण गर्ने तयारी गरिरहेको अवस्थामा चरी मारिएका थिए । त्यहीकारण राजधानीमा आफ्नो राज चल्ने भन्दै घैंटको समूह खुशी भएको थियो ।

चरीको हत्यापछि भागेका डनहरु केही समय लगत्तै राजधानी फर्केर फेरि गुण्डागर्दी गर्न थालेका थिए । चरीको इन्काउन्टरपछि चुपचाप बसेका डनहरू असुली र ठेक्कापट्टामा कब्जा गर्न फर्किए पनि प्रहरीले केही गर्न सकेको थिएन । एक बर्षअघि मात्रै जेलबाट छुटेका मिलन चक्रे पनि फेरि असुली धन्दामा लागेको भन्दै प्रहरीले पछ्याइरहेको छ । प्रहरीका अनुसार, महाराजगंज क्षेत्रका व्यवसायीहरूलाई सताउन थालेको भन्दै चक्रेविरुद्ध उजुरीहरु आउन थालेको छ । त्यस्तै ललितपुरमा मीनकृष्ण महर्जनले कांग्रेसको आडमा धन्दा चलाइरहेका छन् । उनीविरुद्ध पनि अपराध महाशाखामा उजुरी परेको छ । शक्तिविहीन भएपछि गणेश लामा भने चुपचाप छन् । दीपक मनाङे पनि सक्रिय हुन थालेको बताइन्छ । घैंटेको इन्कान्टरसँगै प्रहरीले अब अन्य डनलाई पनि पिछा गर्ने रणनीति लिएको छ ।

प्रतिक्रिया