हुम्लामा खाद्यान्न अभाव

इनेप्लिज २०७२ भदौ ३ गते १४:१५ मा प्रकाशित

Humla_district_locationहुम्ला, ३ भदौ । कर्णाली प्रदेश छुट्टै हुनुपर्ने, कर्णालीको पहिचानसहित अखण्ड मध्यपश्चिम सङ्घीय राज्य घोषणा सुर्खेतमा हुनुपर्नेलगायतका माग गर्दै जिल्लामा दशौं दिनदेखिको आन्दोलनले यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

नेपाली काँग्रेसका सभापति जयपति रोकाया, एमालेका उपाध्यक्ष ग्यामि बुमि, राप्रपा नेपालका केन्द्रीय सदस्य बिर्खबहादुर महत, राप्रपाका अध्यक्ष नैनसिंह रावत, एकीकृत माओवादीका कार्चेन लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घेराउ तथा बन्द कार्यक्रम हुदै आएको छ ।

आन्दोलनले हुम्ला जिल्लामा खाद्यान्न अभाव भएको नेपाल खाद्य संस्थान हुम्ला शाखा कार्यालय प्रमुख नारायण सिंह केसीले बताउनुभयो ।

त्यसबाट यहाँको चाडपर्व पनि प्रभावित भएको छ ।

प्रतिक्रिया