फोहरबाट बाह्र लाख आम्दानी

इनेप्लिज २०७२ भदौ ३ गते १३:४२ मा प्रकाशित

म्याग्दी, ३ भदौ । बेनी नगरपालिकाले फोहर सङ्कलन र व्यवस्थापनबाट आव २०७१÷७२ मा करिब रु १२ लाख आम्दानी गर्न सफल भएको छ ।

सदरमुकाम बेनी बजार क्षेत्रबाट निस्कने फोहरलाई नगरपालिकाले ट्र्याक्टरमा सङ्कलन गरी जलेश्वर नजिकै कालीगण्डकीको किनारमा थुपारेर जलाउँदै आएको छ ।

नगरपालिकाका राजस्व फाँटका सहलेखापाल निर्मला सुवेदीका अनुसार बेनी बजार र गलेश्वर क्षेत्रमा रहेका करिब ८०० घरबाट निस्कने विभिन्न प्रकारका फोहर हप्ताको मङ्गलबार बाहेक दैनिक रुपमा सङ्कलन गर्दै आएको छ ।

बजार क्षेत्रबाट फोहर सङ्कलन गरी व्यवस्थापन गर्दा यसले बजार क्षेत्रलाई सफा र सुग्घर बनाउन सहयोग पु¥याएको छ । यसअघि अर्थुङे गाविसले सङ्कलन गर्दै आएको फोहर अघिल्लो वर्षको वैशाख महिनामा सरकारले घतान, पुलाचौर, सिंगा, ज्यामरुकोट र रत्नेचौर गाविसलाई समेटेर बेनी नगरपालिका घोषणासँगै यसको व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ ।

फोहर व्यवस्थापन गरेबापत नगरपालिकाले कच्ची र पक्की घर तथा घरको तलाअनुसार रु ५० देखि रु २०० सम्म महसुल शुल्क निर्धारण गरेको छ । नगरबाट निस्कने फोहर तीनजना कर्मचारीले ट्र्याक्टरमा सङ्कलन गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया