एक हजार पाँच सय सात पशुको बीमा

इनेप्लिज २०७२ भदौ ३ गते ४:४१ मा प्रकाशित

agree-4तनहुँ, ३ भदौ । जिल्ला पशु सेवा कार्यालय तनहुँले जिल्लामा हालसम्म एक हजार ५०७ पशुको बीमा गरेको छ ।

सो कार्यालयका अनुसार ४२७ गाई, ६९ भैँसी, ९८ बाख्रा र ६८ वटा बङ्गुरका बीमा गरिएको हो । जसअन्तर्गत पशुको पशुधन बीमाअन्तर्गत रु पाँच करोड ६८ लाख २५ हजार पशुधन संरक्षण गरिएको कार्यालयका पशु चिकित्सक बाबुराम जम्मर कट्टेलले बताउनुभयो ।

गाईका लागि रु चार करोड ६७ लाख ९५ हजार, भैँसीका लागि रु ४० लाख ३० हजार, बाख्राका लागि रु ५३ लाख ८८ हजार र बङ्गुरका लागि रु ६ लाख १२ हजार मूल्य बराबरको बीमा गरिएको पशु सेवा कार्यालय तनहुँले जनाएको छ । कृषकले गाईका लागि रु ६ लाख ६० हजार ९०० र सहकारीले रु २३ लाख ३९ हजार ७५०, भैँसीका लागि कृषकले रु ५६ हजार ९२३ र सहकारीले रु दुई लाख एक हजार ५०० सहकार्य गरेको पशु चिकित्सक जम्मरकट्टेलले जानकारी दिनुभयो ।

त्यसैगरी उहाँका अनुसार बाख्राका लागि कृषकले रु ७६ हजार १०० र सहकारीले रु दुई लाख ६९ हजार र बङ्गुरका लागि कृषकले रु आठ हजार ६४४ र सहकारीले रु ३० हजार ६०० सहकार्य गरिएका छन् । पशुको बीमापश्चात् पशुको मृत्यु भएमा पशुपालक कृषकले पशु मरेको १५ दिनभित्र आवश्यक दाबी पत्रसहित पेस गरेको खण्डमा ८० प्रतिशत रकम सदस्य संस्थामार्फत सम्बन्धित पशुपालक कृषकलाई भुक्तानी दिनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया