शनिबार, असार ५ २०७८
काठमाडौं १४:३३
वासिङटन डिसी 04:48

निर्माणाधीन घरको छतबाट झरेर एक भारतीय नागरिकको मृत्यु

इनेप्लिज २०७२ भदौ ३ गते ४:३६ मा प्रकाशित

सुरुङ्गा (झापा), ३ भदौ । झापाको बिर्तामोडमा आज बिहान निर्माणाधीन घरको छतबाट झरेर एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार घर भएका ३५ वर्षीय मोहमद कालिन रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनी बिर्तामोड नगरपालिका–६ स्थित सुब्बा चोकमा भानु सिवाकोटीको निर्माणाधीन घरको दुईतला माथिबाट झरेको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया