शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:३७
वासिङटन डिसी 19:52

प्रहरीले नियन्त्रणमा लिएका मधेसी कार्यकर्ता रिहा

इनेप्लिज २०७२ भदौ ३ गते ४:३५ मा प्रकाशित

काँकडभिट्टा (झापा), ३ भदौ । झापाको विर्तामोडमा जबर्जस्ती यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका स्थानीय शान्ति समिति झापाका अध्यक्ष एवम् सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशलगायतका मधेसी कार्यकर्ता रिहा गरेका छन् ।

समितिका अध्यक्षसहित १० जनालाई प्रहरीले बुधबार बिहान विर्तामोडबाट नियन्त्रणमा लिएको थियो । उहाँहरुलाई बुधबार राति ९ बजे संवाद समूह झापाको रोहवरमा रिहा गरिएको विर्तामोड इप्रकाका प्रहरीनायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया