जनकपुरमा पनि तनाव, बसमा आगजनी
इनेप्लिज
२०७२ भदौ १ गते १६:०६ मा प्रकाशित
जनकपुरधाम, १ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन मधेस बन्दको क्रममा पछिल्लो तीनदिनदेखि शान्त देखिएको जनकपुर मङ्गलबार अचानक तनावग्रस्त भएको छ ।
सप्तरीमा प्रहरीको गोली प्रहारबाट प्रदर्शनकारी राजीव राउतको मृत्यु भएपछि जनकपुर तनावग्रस्त भएको हो ।
मङ्गलबार साँझ प्रदर्शनकारीले स्थानीय रामानन्द चोकमा एक बसमा आगजनी गरेका छन् । उनीहरुले त्यहाँ पार्क गरेर राखिएको ना १ ख ७८७४ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रदर्शनकारीले रामानन्द चोकमा रहेको प्रहरी बीटमा समेत आगो लगाइदिएको जनाइएको छ । यसअघि, साँझ प्रदर्शनकारी र प्रहरीबीच रामानन्द चोकमा केहिबेर झडपसमेत भएको थियो ।
स्थानीय जनक चोकबाट निस्किएको मोर्चाको विरोध जुलुश रामानन्द चोक पुगेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया