घर फर्किदै गरेका तीन मजदुर बेहोस अवस्थामा फेला

इनेप्लिज २०७२ भदौ १ गते ४:४१ मा प्रकाशित

भीमदत्तनगर, १ भदौ । भारतको पौडीगडवालबाट मजदुरी गरेर घर फर्किदै गरेका तीन जना कञ्चनपुरको दैजीस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका छन् ।

सोमबार दैजीस्थित सम्झना रेस्टुराँमा बाजुरा कुलदेवमाडाँै–४ का १७ वर्षीय टङ्क सार्की, १६ वर्षीय अजुर्न सार्की र अछामको पुनेतोला–८ का ५४ वर्षीय मनि भुललाई प्रहरीले होटलमा बेहोस अवस्थामा फेला पारेका हुन् ।

टङ्कको १९ हजार र अर्जुनको १६ हजार भारतीय रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बाजुराको कोल्टी गाविसका ठेकेदार रामबहादुर नाम बताउनेले दश जना मजदुरको समूहलाई उक्त होटल पु¥याएका थिए ।

होटलमा खाना खाएपछि सोही दिन बेलुका अन्य मजदुरलाई ठेकेदारले बसमा घर पठाएको थियो । त्यसपछि ठेकेदार रामबहादुर होटल सञ्चालकलाई खाना पकाइ राख्न भनी हिँडेको र फर्केर नआएपछि होटलमा रहेका तीन जनाको अवस्थासहित होटल सञ्चालक मोहनजङ्ग रोकायाले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले बेहोस अवस्थामा रहेका उनीहरुले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जनाएको छ भने होटल सञ्चालक रोकायालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

प्रतिक्रिया