पहिलो पटक जलपरि रिक्सा सञ्चालन

इनेप्लिज २०७२ भदौ १ गते ४:०९ मा प्रकाशित

watar-rikshawपथरी (मोरङ), १ भदौ । विराटनगरमा जलपरि रिक्सा सञ्चालनमा ल्याइएको छ ।

विराटनगर–७ मा रहेको करिब दुई बिगाह क्षेत्रफलमा रहेको तालमा केसीएस ट्राभल्स एन्ड टुर्सले नेपालमै पहिलो पटक विराटनगरमा जलपरि रिक्सा सञ्चालनमा ल्याएको हो ।

विराटनगर नेपालकै दोस्रो ठूलो सहर भएर पनि मनोरञ्जन गर्ने स्थल कतै नभएको पाएपछि जलपरि रिक्सा सञ्चालन गर्ने निर्णय भएको टुर्सका पूर्वाञ्चल प्रतिनिधि सञ्जीव गुप्ताले बताउनुभयो ।

पैदलमार्फत रिक्सा गुडाउन सकिने छ । जलपरि रिक्सा गुड्ने क्षेत्रलाई चाँडैनै ‘विराट ग्रिन सिटी पार्क’ नामकरणको तयारी गरिरहेको छ । सस्तो मूल्यमा सयर गर्ने गरी मूल्य निर्धारण गरिएको गुप्ताको भनाइ छ । टुर्सले तत्कालका लागि दुईवटा रिक्सा सञ्चालनमा ल्याएको छ । उहाँका अनुसार निकट भविष्यमै लुम्बिनी, पोखरालगायतका स्थानमा सुरु गर्ने योजना छ ।

विदेशबाट आयात गरिएको रिक्सा नेपाली अवधारणाअनुसार तयार गरिएको सञ्चालकको भनाइ छ । विराटनगरमा जलपरि रिक्साको सञ्चालनसँगै पर्यटकको सङ्ख्या बढ्ने सञ्चालकको अपेक्षा छ ।

प्रतिक्रिया