डिसीमा वरिष्ठ गायक मधु छेत्रीले गित तथा संगीत सिकाउने
नेपालका वरिष्ठ गायक मधु छेत्री अहिले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आउनु भएको छ l अमेरिकामा रहेका नेपाली समुदायलाई गित तथा संगीत क्षेत्र तर्फ अभिरुचि ,अमेरिकामा उदाउदै गरेका प्रतिभावान नव गायक तथा गायिका ,गित लेख्न अभिरुचि राख्ने ,रचना गर्ने ,गित रेकर्ड्स तथा अन्य संगीत सम्बन्धि चाहनेहरुको लागि विशिष्ट श्रेणीका गायक मधु छेत्रीले सिकाउने हुनु भएको छ l
डिसी बाट संचालित ईनेपलिज़ संग कुरा गर्दै डिसी महानगर क्षेत्रमा आफ्नो बसोबास भएकोले संगीत तथा गीतमा अभिरुचि राख्ने तथा सिक्न चाहने जो कसैले आफु संग सिधा सम्पर्क गरे आफुले सिकाउने समय मिलाउने बताउनु भएको छ l
आफु संग समय भएकोले ईक्षा गर्ने जो कसैलाई पनि आफुले सिकेको कुरा सिकाउन तयार भएको बताउनु भएको छ l मधु छेत्रिका प्रसिद्ध गीतहरु ,फुलै फुल मात्र पनि हैन रहेछ जीवन ,काँडा बीच फुल्ने फुल रहेछ जीवन , चिउरी बोटैमा ,साईली र महिला पैला गएछन गाउँ घर नै सून्ने परेर ,पानी खाने निउले तिम्रो घर आउला ,हुरीले उडाउन सकेन पत्थरले फुटाउन सकेन आदी ईत्यादी गरेर झन्डै ३ सय ५० वटा जति गीत गाई सक्नु भएको छ l
वहाले शम्भु जित बास्कोटा ,मिरा राणा ,उदित नारायण झा , प्रकाश श्रेष्ठ ,ज्ञानु राणा संग गित तथा बिभिन्न जात जातीको गीत गाउनु भएको छ l सांगीतिक यात्रामा कलाकारहरु कहिले बुढो हुदैनन् l कलाकारले कहिले अवकास लिदैंनन भन्दै मैले विदेशमा रहेका नेपालीलाई पनि गित तथा संगीत सिकाउन अवसर पाए त्यो भन्दा ठुलो मेरो लागि केहि हुदैन भन्नु भयो l
अमेरिका आउनु भन्दा अगाडी आफ्नै स्वर र संगीतमा एकल अल्बम “एक जुनी ” निकाल्नु भएको छ l अमेरिकामा रहेता पनि गीत र संगीतलाई प्रबर्धन गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउदै यस्को लागि नेपालबाट नै अमेरिकामा पनि गिटार लिएर आएको बताउनु भयो l
बिस्तृत जानकारीको लागि मधु छेत्रीको सम्पर्क ७०३.२७३.०७२६ (703.273.0726) मा सिधा सम्पर्क गर्न सक्नु हुने छ भने ७०३.८५५.२५७९ विजय थापा मार्फत पनि सम्पर्क गर्न सक्नु हुनेछ l
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया