शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ०१:११
वासिङटन डिसी 15:26

ट्याक्टर दुर्घटनामा सोह्रजना घाइते

इनेप्लिज २०७२ साउन ३२ गते १४:५८ मा प्रकाशित

accident-signधनगढी, ३२ साउन । धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये कैलाली वैनिया गाविसका चन्दुकुमार चौधरी, राजकुमार चौधरी र लालबहादुर चौधरी गम्भीर घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

थरुहट र थारूवान् पक्षको आज हुने आमसभामा धनगढी आइरहेको बेला सो दुर्घटना भएको हो ।

प्रतिक्रिया