लगातार छैठौं दिनसम्म बन्दका कारण दाङको जनजीवन कष्टपूर्ण
तुलसीपुर (दाङ), ३२ साउन । थरुहट थारुवान सङ्घर्ष समितिले थरुहट प्रदेशको माग राखी आह्वान गरेको दाङ जिल्ला बन्दको छैटौँ दिन र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको दाङ बन्दको दोस्रो दिन यहाँको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ ।
बन्दका कारण यहाँका यातायात, शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा, बजार पूर्णरुपमा बन्द रहेका छन् । लगातारको बन्दले गर्दा बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएपछि नागरिकको दैनिकी कष्टकर बन्दै गइरहेको छ । विशेष गरेर मजदुरी गर्ने निम्न वर्गका नागरिकलाई बन्दले निकै असर पारेको छ ।
त्यसैगरी सीमाङ्कन गर्दा सल्यान जिल्लालाई ६ नंको प्रदेशमा राखेको विरोधमा सल्यान जिल्लाका नागरिकले पनि एक हप्तायता जिल्ला बन्दको आह्वान गरेका छन् । बन्दका करण सल्यानमा पनि यातायात, शिक्षण संस्था, कलकारखाना, बजार पूर्णरुपमा बन्द रहेको सल्यान प्रहरीले जनाएको छ ।
सल्यानको कपुरकोटमा उत्पादन भएको तरकारी बन्दका कारण जिल्ला बाहिर पठाउन नसक्दा कुहिन थालेको छ । केही दिन अगाडि ट्रकमा लोड गरेर राखेको तरकारी बन्दले पठाउन नसक्दा किसानले लाखौँ रुपैयाँ नोक्सानीमा ब्यहोर्नु परेको छ ।
तरकारीको पटेक क्षेत्रका रुपमा चिनिने कपुरकोटमा त्यहाँका किसानहरुले उत्पादन गरेको तरकारी दाङ, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँलगायतका जिल्लाहरुमा विक्रीका लागि पठाउने गरिन्छ ।
बन्दमा कुनैपनि जिल्लामा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया